लुकाकु र मार्टिनेजको गोलमा इन्टर मिलान विजयी

 

काठमाडाैं, चैत्र २ । रोमेलु लुकाकु र लोउटारो मार्टिनेजको गोलमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा टोरिनोलाई २–१ ले पराजित गरेको छ ।

टोरिनोको मैदानमा आइतबार राति भएको खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियोे । ६२औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए ।

७०औं मिनेटमा एन्टेनियो सानाब्रियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा मार्टिनेजले एलेक्सिस सान्चेजको पासमा गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।

जितपछि इन्टरले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता लिएको छ । इन्टरको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ५६ अंक छ । पराजित टोरिनो २० अंक जोडेर १८औं स्थानमा छ ।

अर्काे खेलमा एसी मिलान घरेलु मैदानमा नेपोलीसँग १–० ले पराजित भएको छ । माटियो पोलिटानोले ४९औं मिनेटमा गरेको गोल नै मिलानको हारमा निर्णायक बन्यो ।

दोस्रो स्थानमा रहेको एसी मिलानको ५६ अंक छ । नेपोली ५० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


SHARE THIS