स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जना पक्राउ

  भक्तपुर, फागुन २८ । भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी वृत्त थिमिकाअनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ बरामद भएको हो । प्रहरीले त्यो रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले त्यस रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।


SHARE THIS