आज धारापानीमा विहानैदेखि भक्तजनहरुको चहलपहल

 


दाङ । आज महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा-आराधना गरेर दाङसहित देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा-आराधना गर्छन् ।

शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ । शिवालयमा आज गइ गायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ । आज दाङको प्रख्यात धार्मिक तथा पर्यटकिय स्थल धारापानी मन्दिरमा विहानैदेखी भक्तजनहरुको चहलपहल रहेको छ ।

कोरोना भाइरसका कारण अन्यबर्षको तुलनामा भक्तजनको संख्यामा केही कमी आउने आकलन गरिएको छ । शिवरात्रीको अवसरमा पुजापाठ गर्न जाने भक्तजनहरुलाई कुनै समस्या नहोस् भनेर २५ सदस्यि उपसमीति गठन गरी व्यवस्थापनलाई चुस्तदुस्त पारिएको धारापानी मन्दिर व्यवस्थापन समितीका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।


SHARE THIS