अदालतले दल खारेज गरेको होइन, दलको नाम फेर्न भनेको हो : पूर्वसहन्यायाधिवक्ता त्रिपाठी

 


काठमाडौं, फागुन २३ । पूर्वसहन्यायाधिवक्ता रेवती त्रिपाठीले सर्वोच्च अदालतले दलको एकीकरण खारेज नगरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पूर्वसहन्यायाधिवक्ता त्रिपाठीले अदालतले दलको एकीकरण खारेज नगरेको बताएका हुन्।

उनले एकीकरणपछि रादिएको नाम पहिल्यै दर्ता भएको भन्दै अदालतले दल खारेज गर्न नभई नाम फेर्न भनेको स्टाटसमा उल्लेख गरेका छन्। उनले अब बहुमत केन्द्रीय सदस्य र सांसदको हस्ताक्षरसहित नयाँ नाम दर्ता हुने बताएका छन्।

पूर्वसहन्यायाधिवक्ता त्रिपाठीले लेखेका छन्,‘दलको एकीकरण खारेज गरेको नभएर एकीकरण पछि राखिएको नाम अर्काले पहिलेनै दर्ता गरिसकेको नाम परेको हुँदा उक्त नामसम्म नमिलेको भनेको हो। अव बहुमत के स र साँसदको हस्ताक्षर सहित नयाँ नाम दर्ता हुन्छ। यसले आकाश खसाउँदैन। भ्रममा नपरौँ।ʼ

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल ऋषिराम कट्टेलको भएको फैसला गरेको छ। आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो।




SHARE THIS