पाल्पाको तानसेन बजारनजिकै बनमा भीषण डढेलो

 

पाल्पा, चैत १२ । पाल्पाको सदरमुकाम तानसेन बजारनजिकैको वनदेवी, होलाङ्दी, श्रीनगरडाँडा वनक्षेत्रमा बुधबार बेलुकीदेखि भीषण डढेलो लागेको छ । डढेलोले होलाङदीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, अप्पुभिलेज, श्रीनगर गणेश, भुसालडाँडा क्षेत्रमा रातभर डढेलो लागेको हो ।

डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलका अनुसार बुधबार बेलुकी नै वन कर्मचारी, सेना, प्रहरी र नगरपालिकाको दमकल डढेलो लागेको क्षेत्रमा पठाइएका थिए । श्रीनगर डाँडामा चण्डी सामुदायिक वन हुँदै आगो सल्किएको थियो । बिहीबार बिहान गणेश सामुदायिक वन क्षेत्रमा डढेलो सल्किएको छ ।




SHARE THIS