रोटरी क्लव दाङद्वारा अशक्त शर्मालाई व्हिल चेयर सहयोग

 

दाङ, फागुन १८ । रोटरी क्लव अफ दाङले शारिरीक अशक्त भएका एक जनालाई व्हिल चेयर सहयोग गरेको छ। गढवा गाउँपालिका वडा नम्बर ७ गढवामा बस्ने ७९ वर्षिया हेमादेवी शर्मालाई क्लवका अध्यक्ष चेत नारायण पाण्डेले व्हिल चेयर हस्तान्तरण गर्नुभएको थियो ।

अपांग समाज सुधारका अध्यक्ष हुमाकान्त कँडेलको रोहवरमा घोराही १७ चौघेरा बस्ने पिताम्बर खनाल मार्फत शर्मालाई व्हिल चेयर सहयोग गरिएको क्लवका महासचिव गजेन्द्र वर्माले जानकारी दिनुभयो ।

शर्मा व्हिल चेयर विना हिड्डुल गर्न सक्नु हुँदैन । आर्थिक अवस्था कमजार भएका कारण उहाँले ह्वीचेय किन्न समेत सकस भएको थियो । यस्तो अवस्थामा व्हिल चेयर सहयोग गरेको भन्दै अपांग समाज सुधारका अध्यक्ष कडेलले क्लवलाई धन्यवाद दिनुभयो ।


SHARE THIS