दाङमा अटोको ठक्करबाट बालिकाको मृत्यु


दाङ, चैत्र ३ । दाङमा अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोरगाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिदा ३ बर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो ।

घर अगाडीको बाटोमा खेलिरहेकी बालिकालाई अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाईते अबस्थामा बालिकालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

अटो चालक घोराही ६ बचाहका २७ बर्षिय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यसैविच जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अटो चालकहरुलाई ट्राफिक नियमको अनिवार्य पालना गर्न निर्देशन दिएको छ ।

चालक अनुमती पत्र बिनै अटो चलाउने, सीट क्षमता भन्दा धेरै यात्रु बोक्ने, तिब्र गतिमा कुदाउने, तोकिएको भन्दा बढी भाडा लिने जस्ता गुनासो बढेपछि प्रहरीले यसलाई नियन्त्रण गर्न थालेको जनाएको छ ।

ट्राफिक नियमको पालना नहुदा दुर्घटना समेत बढ्न थालेको भन्दै चालकहरुलाई अनिवार्य नियमको पालना गर्न निर्देशन दिईएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।


SHARE THIS