घोराही सिमेन्टलाई प्रदुषण व्यवस्थापनका लागि उपकरण राख्न उच्च अदालतको आदेश

 

दाङ, चैत १० । घोराही सिमेन्टलाई प्रदुषण व्यवस्थापनका लागि उपकरण राख्न उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश गरेको छ । दाङको घोराही सिमेन्ट ईण्डस्ट्रिज प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगलाई वातावरणमा प्रतिकूल असर पार्ने कार्यहरुलाई नियन्त्रण गर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश गरेको छ ।

धुलो धुवाँको प्रदुषणका कारणले वातावरण, स्वास्थ्य, प्रजनन र खाद्य अधिकारमा असर पारेको भनि परेको रिटमा सुनुवाई गर्दै सोमबार उद्योगलाई यस्तो आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस नीता गौतम दीक्षित र न्यायाधीस रमेशराज पोखरेलको ईजलासले उद्योगले तत्काल व्याग फिल्टर, इलेक्ट्रिोस्टेटिक प्रेसिडेटर, वीन्ड व्रेकिङ वाल जस्ता कार्यहरु तत्काल व्यबस्थित गर्न गराउन आदेश गरेको छ ।

त्यस्तै खोपानीको स्रोतलाई खलवल नपुर्‍याउने गरी खानेपानीको व्यबस्थापन गर्नु र सडकमा धुलो नउड्ने गरीपानीको पोहरा व्यबस्थापन समेत तत्कालन गराउनु भनी आदेश गरेको छ । निवेदकले उद्योगको क्षमता बृद्धिको कार्य तत्काल नगराउन भनि रिट दायर गरेका थिए ।

तर, यो विषय उद्योग मन्त्रालय तथा विभाग र जनसंख्या तथा वातावरण मन्त्रालय र विभागको क्षेत्राधिकार पर्ने भएकाले अदालतले कुनै आदेश दिएको छैन् । मन्त्रालय तथा विभागले आबश्यक प्रक्रिया अबलम्बन गरी कानुनले निर्धारण गरेको मापदण्ड पुगे नपुगेको हेरी उद्योगको क्षमता बृद्धि गर्ने नगर्ने सम्बन्धमा निणर्य गर्न सक्ने अदालतको ठहर छ ।

उद्योगको लापरवाहीकालागि नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै यसलाई तत्काल व्यबस्थापन गर्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् ।


SHARE THIS