सघन सहरी अन्तर्गत ४० किलोमिटर सडक बिस्तार

 

दाङ, फागुन २६ । स्थानीय पालिकाहरुले सडक कालो पत्रे, नयाँ ट्रयाक खोल्ने कामलाई प्राथमिकता दिएका छन् । जिल्लाका १० वटै पालिकाले सडक बिकासका लागि सबैभन्दा बजेट विनियोजन गरेका हुन् ।

यसैबिच सघन शहरी विकास आयोजनाले पनि सडक निर्माणका कामलाई प्राथमिकता दिएको छ । सघन सहरी विकास आयोजना अन्तर्गत ४० किलोमिटर सडक विस्तार तथा कालोपत्रेको कामले गति लिएको सघन शहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ ।

३२ किलो मिटर सडक विस्तार तथा कालोपत्रेको काम सम्भौता गरिए भन्दा छिटो समयमा सम्पन्न हुने बताईएको छ । यस्तै घोराही उपमहानगरपालिका अन्तर्गतका सडकहरु तीन प्याकेजमा गरी विस्तार तथा कालोपत्रेको काम आधा भन्दाबढी सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

आयोजना अन्तर्गत हाल नाला, फूटपाथ र कालोपत्रेसहितको सडक निर्माण तथा विस्तार भइरहेको छ । आयोजना प्रमुख सचिन्द्रकुमार देवका अनुसार आयोजना अन्तर्गतका सडकहरुमा नाला तथा फटपाथ निर्माणको काम सकिएको छ भने कालोपत्रेको काम बाँकी रहेको छ ।


SHARE THIS