दाङ, फागुन २४ । फ्रान्सेली अर्बपति तथा राजनेता ओलिवियर डसाल्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।
राष्ट्रपति इम्यानुएल म्यांक्रोले डसाल्टको मृत्युले देशलाई ठूलो क्षति भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘ओलिवियरलाई देशप्रति प्रेम थियो। उनी देशको सेवा गर्न कहिल्यै पछि परेनन्।’
६९ वर्षीय डसाल्ट फ्रान्सेली अर्बपति सर्ज डसाल्टका छोरा हुन्। यो घरानाले राफेल युद्धक विमान निर्माण गरेको थियो। उनीहरु एक प्रतिष्ठित अखबारका मालिक पनि हुन्।