जटिल प्रकारका अप्रेशन गर्दै बुद्ध ईन्टरनेशनल अस्पताल

 

दाङ, चैत्र ३। प्युठान घर भएपनि घोराही उपमहानगरपालिका १४ मा बस्दै आएकी बर्ष ५४ की सरीताको (नाम परिवर्तन) गएको तीन बर्ष देखी अस्वाभाविक रुपमा पेट बढेर आयो । उनले तीन महिना अगाडी देखी घोराहीका मेडिकल देखी राप्ति स्वास्थ्य बीज्ञान प्रतिष्ठानमा पनि जाँच गराईन् ।

कसैले ग्याष्टिक भने त कसैले पेटमा पानि जमेको भनेर औषधि दिए तर, उनको व्यथा २० को १९ भएन । दिनप्रतिदिन उनको पेट अस्वाभाविक रुपमा बृद्धिहुदै जाँदा उनलाई बस्न उठ्न समेत समस्या भयो ।

मजदुरी गरेर साँझ विहानको छाक टार्दै आएकी उनलाई कामगर्न जानपनि समस्या भएपछि घोराहीकै बुद्ध ईन्टरनेशनल अस्पतालमा स्वास्थ्य जाँचकालागी पुगिन् । बुद्ध ईन्टरनेशनल अस्पतालमा स्त्री तथा प्रशुति रोग विषेशज्ञ डाक्टर विमला तिवारीले भिडियो एक्सरे र सिटिस्क्यान गर्न लगाईन् । सरिताको रिपोर्ट आएपछि डाक्टर तिवारीले रोग पत्ता लगाईन् ।

रोग पत्ता लगाएपछि डाक्टर तिवारीको टिमले अप्रेसनगरी १५ केजीको ट्युमर निकालेपछि अहिले सरीतालाई आराम भएको छ । “अण्डाशयमा ट्युमर पलाएकोले अस्वाभाविक रुपमा पेट बढेको रहेछ अहिले अप्रेसन पछि आराम भएको छ” सरीताले भनिन् ।

उनले समाजका कारण आफ्नो नाम र फोटो नराख्दिन आग्रह समेत गरीन् । शल्यक्रिया गरेर ट्युमर फालेपछि सरीताले आराम भएको बताईन् । “अब त बाँचिन्छ की भन्ने लागेको छ” उनले भनिन् ।

त्यस्तै घोराही उपमहानगरपालिका १४ का असिम रावत (१४ बर्ष) लाई पेट दुख्ने समस्या आयो । असिमकी आमा सिता रावतले उनलाई धेरै ठाँउमा लगेर चेकअप गराईन् । कसैले ग्याष्ट्रिक भने त कसैले पाएल्स भनेर औषधि दिए । तर असिमलाई सञ्चो भएन । असिमलाई लिएर उनकी आमा घोराहीको बुद्ध हस्पिटलमा आईन् । अस्पतालका सर्जन डाक्टर रमेश बस्नेतले उनको सानो आन्द्रामा मासु पलाएको पत्ता लगाए ।

यसप्रकारको ट्युमरलाई स्नेयर पोलिप्यक्टोमी अप्रेसन गरेपछि उनको स्वास्थ्यमा सुधार आउदै गएको आमा सिताले जानकारी दिइन् । दाङको घोराहीमा रहेको बुद्ध ईन्टरनेशनल हस्पीटलमा सामान्य देखी जटिल प्रकारका शल्यक्रियाहरु भैरहेका छन् । जिल्ला तथा साविकको राप्ति अञ्चलका विरामीहरु गुणस्तरीय सेवाको अभावमा टाढा जानुपर्ने बाध्यता अहिले बुद्ध ईन्टरनेशनल अस्पतालले टारेको छ ।

राजधानीमा ४० हजारमा हुने अप्रेसन घोराहीमा २० हजार रुपैयामा गरेको अस्पतालका सर्जन डा रमेश बस्नेतले बताए । नयाँनयाँ प्रविधि भित्र्याएको अस्पतालले धेरै प्रकारका रोगकोलागी टाढा जानुनपर्ने जनाएको छ ।

निजी क्षेत्रबाट स्थापना भएको हस्पीटलले अहिले पश्चिम नेपालमै राम्रो सेवा दिदै आएको छ । हस्पीटलका कार्यकारी प्रमुख बालाराम शर्माका अनुसार अस्पतालमा एनआइसीयु सहितको बालरोग सेवा, सीटिजी मेसिन सहितको प्रसुति सेवा, सी आर्म सहितको हाडजोर्नी सेवा भेन्टीलेटर सहितको आइसीयु (सर्जरी) सेवा समेत सञ्चालनमा आएको छ ।

त्यस्तै हस्पिटलले मृगौला र पिसावनलीमा भएको पत्थरीको अप्रेशनगर्ने लेजर प्रविधि पनि भित्र्याएको छ । अस्पतालमा अहिले दैनिक १० देखि १५ वटासम्म अप्रेसन हुदै आएको अस्पतालका सिईओ शर्माले जानकारी दिए ।

अस्पतालमा ८ जना विशेषज्ञ र २ जना मेडिकल अफिसरले सेवा दिदै गदै आएका छन् । २०७४ साल पुष महिनावाट घोराहीमा अस्पतालले सेवा दिदै आईरहेको छ ।


SHARE THIS