तुलसीपुरमा दुई मोटरसाइकल ठोक्किदा दुई जना घाइते

 

दाङ, चैत ११ । तुलसीपुरमा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ६ गुह्राचौकबाट टरिगाँउ तर्फ जाँदै गरेको रा ४ प ३२५ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जादै गरेको रा ५ प ७०६५ नम्बरको मोटरसाइकलले ‘ओभर ट्याक’ गर्ने क्रममा एक आपसमा ठोक्किदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनााएको छ ।

रा ४ प ७०६५ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १२ कचिला निवासी १९ वर्षिय विराज गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पतालले बताएको छ ।

त्यस्तै रा ५ प ३२५ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ११ निवासी २१ वर्षिय राज बस्नेत घाइते हुनुभएको छ । उहाँको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि डिस्र्चाज भएको अस्पतालले जनाएको छ । साथै दुबै मोटरसाइलकलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।


SHARE THIS