दाङमा गुडिरहेको मोटरसाईकलमा रुखको हाँगाले लाग्दा दुई जना घाईते

 

दाङ, चैत १७ । तुलसीपुरमा गुडिरहेको मोटरसाईकल माथीबाट खसेको रुखको हाँगाले लागेर दुई जना घाइते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका १५ बिपिचोक निवासी २४ बर्षिय बिशाल चन्द र २४ बर्षिया माया थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत पर्सेनीमा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प १८२२ नम्वरको मोटरसाईकलमा सुकेको रुखको हाँगा खसेर लाग्दा उनीहरु घाईते भएको प्रहरीले बताएको छ । घाईते मध्ये माया थापालाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । उहाको अवस्था गम्भिर भएको प्रहरीको भनाई छ ।


SHARE THIS