धुम्बाराहीमा सुरक्षाकर्मीको उपस्थिति बढाइयो

काठमाडौ, चैत २ । नेकपा (एमाले)को पार्टी कार्यालय धुम्बाराहीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमालेका दुवै पक्षबीच ११ बजे पार्टी कार्यालयमा छलफल हुने भएपछि त्यस वरपर सुरक्षा व्यवस्था कडा पारिएको हो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलसहितका नेताहरूबीच छलफल हुनेछ। छलफलमा नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली पनि सहभागी हुनेछन्।


SHARE THIS