दाङमा मोटरसाईकलले ठक्कर दिदा बालक गम्भिर घाईते

 

दाङ, फागुन २८ । दाङमा मोटरसाईकलले ठक्कर दिदा एक बालक गमिभर घाईते भएका छन् । घाईते हुनेमा राप्ती गाउँपालिका ६ घर भई हाल घोराही १५ गोरखाटोल निवासी कृपाल चौधरीका १० बर्षिय छोरा निश्चल चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी हवल्दार लोकेन्द्र विष्टले जानकारी दिनु भएको छ ।

घोराहीबाट चखौरा तर्फ जादै गरेको रा ३ प १६१८ नम्वरको मोटरसाईकलले विहिवार विहान घोराही १५ कटुवाखोला नजिकै ठक्कर दिदा पैदल यात्री चौधरी घाईते भएको प्रहरी हवल्दार विष्टले जानकारी दिनु भएको छ । घाईते बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा रिफर गरिएको उहाले जानकारी दिनु भएको छ ।

ठक्कर दिने मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्याको नियन्त्रणमा रहेको छ भने चालक जिल्ला प्रहरी कार्यँलयको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाईकल घोराहीको ओम मेडिकलको रहेको प्रह्रीले बताएको छ ।


SHARE THIS