घोराहीमा कुटपिट गरी एक युवकको हत्या, ६ जना पक्राउ

 

दाङ, फागुन १७ । दाङको घोराहीमा विवाह भोजमा कुटपिट हुदाँ एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ का २१ वर्षीय राजन चौधरी माथि कुटपिट हुदाँ मृत्यु भएको हो ।

जलौरा नजिक विवाहको भोजमा गएका राजनलाई ६ जनाले कुटपिट गरी घाइते बनाएका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलस्थित चौराह हस्पिटल मेडिकल कलेज लगिएकोमा उहाँको उपचारकै क्रममा मृत्यु भएको हो ।

कुटपिटको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न रहेका अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका १० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी लगायत ६ जनालाई पक्राउ गरेको हो । घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


SHARE THIS