बाराको एक तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो नियन्त्रणमा आएन

  बारा, फागुन १० । बाराको जितपुरसिमरा उपमहानगरपालिका­­-९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । 

विद्युत सर्ट भएर लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । अहिले चारवटा दमकलमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराउनु भयो ।

कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ । आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिएको थियो । 


SHARE THIS