दाङमा पाँचवटा पुलको निमार्ण कार्य अन्तिम चरणमा

 

दाङ, फागुन १२ । दाङमा निर्माणधीन पाँच वटा पुलको निमार्ण कार्य अन्तिम चरणमा रहेका छन् । सडक डिभिजन कार्यालय अन्र्तगत जिल्लामा निर्माण भइरहेको पाँच वटा पुलहरु असार मसान्त भित्रै सम्पन्न हुने गरी काम भइरहेको छ ।

कार्यालयका सुचना अधिकारी इन्जिनियर अमर सुवेदीका अनुसार घोराही लमही सडकखण्ड अन्र्तगतको सिस्ने खोला पुल, धारापानीस्थित बबई खोला पुल, घोराही ४ स्थित बालिमखोला पुल, ढिकपुर बबई खोला पुल र पश्चिम तुलसीपुरस्थित दुईसोता गिधनीया पुल गरी पाँच वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका हुन् ।

निर्माणाधिन अवस्थामा रहेका ती पुलहरुको निमार्ण कार्य २०७७ सालमा सम्पन्न हुनुपर्ने गरी सम्झौता भएका छन् । जसअनुसार लमही घोराही सडकखण्ड अन्र्तगतको सिस्ने खोलाको पुल निमार्ण कार्य २०७५ वैशाखमा सम्झौता भई २०७७ कार्तिक ३० गतेसम्म सम्पन्न भइसक्नुपर्ने थियो ।

तर कोभिडका कारण सम्झौता मितिभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरी यहि असार समान्त भित्रै सम्पन्न हुनेगरी काम भईरहेको जनाईएको छ । उक्त पुलको लागत ६ करोड ६ लाख ४० हजार रहेको छ ।


SHARE THIS