प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद् विघटन गर्न सक्छ : ओली



काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद् विघटन गर्न सक्ने जिकिर गरेका छन् ।

शुक्रबार नारायणहिटीअगाडि भएको सभामा बोल्दै उनले संसद् विघटन संवैधानिक छ कि छैन भनेर बलजफ्ती बहस निकालेको बताए ।

उनले बेलायतमा लिखित संविधान नभए पनि प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गरेको सुनाए । प्रधानमन्त्री ओलीले सरकारले काम गरेन भनेर आलोचना गर्नेहरुको जवाफ चुनावबाट दिनुपर्ने बताए ।

“हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने । काम गरेन भनेर आलोचना गर्ने । त्यस प्रकारको प्रवृत्तिको जवाफ हामीले चुनावबाट खोज्नुपर्दछ,’’ उनले भने ।


SHARE THIS