राप्ती प्रादेशिक अस्पतालबाट ९४९ जनालाई खोप

 

दाङ, माघ २३ । तुलसीपुर राप्ती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ९ सय ४९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । तुलसीपुरमा बिहीवार ७० जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् । यो संगै तुलसीपुरका ७ सय ३७ जनाले खोप लगाएका छन् ।

खोप लगाउनेहरुमा तुलसीपुर उपमहानगरपालीका भित्रका ७ सय ३७ जना, शान्तिनगर गाउँपालीका भित्रका ६० जना, दंगिशरणका ७६ जना र बबईका ७६ जना रहेको तुलसीपुर उपमहानगरपालीकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

खोप लगाउन छुटेका अन्य व्यक्तिको भोली मात्र खोप लगाईने उहाले बताउनुभयो ।


SHARE THIS