वामदेवले सोध्दै-नसोधी राखिदिएछन्ः नेतृ शर्मा



काठमाडौं, फागुन ४ ।
विभाजित नेकपाभित्र केन्द्रदेखि जिल्लासम्म नेता कार्यकर्ता तानातानमा परेका छन् । फुटेर दुई टुक्रा भएको नेकपामा वामदेव गौतमले पनि अर्को समूह घोषणा गरेपछि तीन टुक्रा देखिएको छ ।

नेकपा एकता अभियान घोषणा गरेका गौतमले आइतबार ६६७ सदस्यीय केन्द्रीय समन्वय समिति पनि सार्वजनिक गरे । तर कतिपय नेताहरुले गौतम समूहमा नरहेको प्रष्टीकरण दिइरहेका छन् । ओली समूहमा पनि बलजफ्ती राखिएको भन्दै कतिपयले उक्त समूह छाडेका थिए ।

इलामकी मुना शर्माले सोमबार विज्ञप्ति जारी गर्दै आफू गौतमले घोषणा गरेको कमिटीमा नरहने प्रष्ट पारेकी छिन् ।

शर्माले भनेकी छन्, ‘नेकपाभित्र जारी अन्तरसंघर्षदेखि पछिल्लो समय आ(आफ्नो गुट निर्माण गर्ने क्रममा २०७७र११र३ गतेका दिन एउटा राष्ट्रिय पत्रिकामा कमरेड वामदेव नेतृत्वको एकता राष्ट्रिय अभियानको समन्वय समिति र केन्द्रीय कार्य(सम्पादन समितिअन्तर्गत केन्द्रीय सदस्य पदमा मेरो पनि नाम आएको भनी समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

शार्माले प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा आवद्ध रहेको प्रष्ट पार्दै प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध अन्तिमसम्म उभिने प्रतिवद्धता पनि जनाएकी छिन् ।

‘मलाई थाहा नै नदिई उक्त समूहको केन्द्रीय सदस्यमा राखेकोमा मेरो पूर्ण असहमति रहेको कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछु’,उनले भनेकी छिन्, ‘म असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदमको उदाहरणस्वरूप गरिएको प्रतिनिधिसभा भंगको विरुद्ध उभिने प्रतिवद्धतासहित पार्टीका बहुमत सदस्यहरुले प्रतिनिधित्व गरेको अर्थात् प्रचण्ड,माधव कुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको पार्टीमै आवद्ध भएको जानकारी गराउँछु।’

0/प्रतिक्रिया

Previous Post Next Post