संवैधानिक आयोगको शपथ उपराष्ट्रपति र सभामुखले गरे बहिष्कार


काठमाडौं, माघ २१ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुको शपथ ग्रहण कार्यक्रम उपराष्ट्रपति र सभामुखले बहिष्कार गरेका छन्। 

आज भएकाे शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति पुन र सभामुख उपस्थित नभएकाे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी  दिए। 

राष्ट्रपति कार्यालय शितल निवासमा  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपथ ग्रहण गराएका थिए। गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरूमा ४५ जना व्यक्तिको नियुक्तिका लाग सिफारिश गरेको थियो।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले विरोध जनाइरहेको छ। नेकपा मात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको विरोध जनाइरहेको छ। 

सभामुख सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए। आफूसँग छलफल नै नगरी फिर्ता पठाएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले असन्तुष्ट व्यक्त गरेका थिए। 


SHARE THIS