पद्मोदय द्धारा रिपु मर्दण गणका प्रमुख सेनानी वस्नेतलाई बिदाई

कमल ओली

दाङ, फागुन ४ । पद्मोदय पब्लिक नमुना मा बि भरतपुर दाङले घोराहीमा रहेको रिपु मर्दण गणका प्रमुख सेनानी विजय वस्नेतलाई आज एक कार्यक्रमका विच कदर पत्र र फुलमाला लगाएर बिदाइ गरेको छ । कार्यक्रममा विद्यालय व्यबस्थापन समितीका अध्यक्ष शिब कुमार आचार्यले रिपु मर्दण गणले विद्यालयका भाईबहिनीहरुको बहुआयामिक प्रतिभाको प्रष्फुटनका लागी यहाँहरुले पु्याउनु भएको योगदानको प्रशंसा गर्दै यहाँहरु प्रति हामी आभारी छौ । आगामी दिनहरुमा पनि नयाँ आउँन लागेको रण सिंह गणको पनि साथ सहयोगको अपेक्षा राख्दछु । यहाँहरुको गोर्खाको बसाई सुखद रहोस भन्दै शुभकामना दिनुभयो । 


यसै बिच बोल्ने क्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद जैसीले राष्ट्रिय सेवा दल कार्यक्रम अन्र्तगत हाम्रो विद्मालयमा अध्यनरत विद्यार्थि भाईबहिनीहरुलाई जुनखालको पतिभा रिपु मर्दण गणले दिएको थियो यस प्रति म आभारी छु भन्दै प्रशंसा गर्नुभयो । 


यसै बिच कार्यक्रममा बोल्ने क्रममा रिपु मर्दण गणका प्रमुख सेनानी विजय वस्नेतले यस विद्यालयमा विद्यार्थी भाईवहिनीहरुका लागी गर्नु पर्ने काम अझै धेरै थिय कोभिडका कारण सोचेको जस्तो कार्य गर्न पाईएन आगामी दिनहरुमा नयाँ आउँन लागेको रण सिंह गणको पनि यहाँहरु सँग हातेमालो गदै अगाडी जाने छ । यहाँहरु सँग नयाँ आउँने गणको अझ मित्रता गाढा हुदै जानेमा म विश्वस्थ छु भन्नुभयो ।

विद्यालय व्यबस्थापन समितीका अध्यक्ष शिब कुमार आचायको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद जैसी, रिपु मर्दण गणका प्रमुख सेनानी विजय वस्नेत लगायतकाले आ-आफ्नो भनाई राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालय शिक्षक कमल ओलीले गर्नु भएको थियो ।


SHARE THIS