ग्लोबल आईएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

  काठमाण्डौ, माघ २० । ग्लोबल आइएमई बैंकले मङ्गलबार थप तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५ लमही र रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको सङ्ख्या दुई सय ६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सशन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा तथा दुई सय ४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 

बैंकका अहिले २१ लाख बढी ग्राहक रहेका छन् ।   


SHARE THIS