अबैध सम्बन्धबाट बच्चा जन्मिएपछि हत्या, आमा पक्राउ

 

दाङ, माघ २० । प्युठानको नौबहिनी गाउँपालिका ५, डामृमा ७ दिनको वेवारीसे शिशु मृत फेला परेको छ । अभिवाहित रहेकी ३५ वर्षिय स्थानीय महिलाले अबैध सम्बन्धबाट बच्चा जन्मिएपछि आफैले बच्चाको हत्या गरी फालेको प्रहरी सामु बयान दिएकी छिन् ।

स्थानीयले शिशुको शवलाई कुकुरले खाइरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । वेवारीसे बच्चा भेटिएपछि डामृ प्रहरी चौकीका इन्चार्ज धर्मराज थापाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानको लागि बच्चाको आमालाई पक्राउ गरेको छ ।

प्रहरीसामु महिलाले स्थानीय एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको र ती पुरुषले नस्विकारेपछि बाध्यताले हत्या गरेको बताइएकि छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


SHARE THIS