नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण दाङका सडकमा गाडीको संख्या कम

 

 कमल ओली, 

काठमाण्डौ, माघ २२ । नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण दाङमा आज कम गाडी चलेका छन् ।

सार्वजनिक गाडीको संख्या कम भए पनि काठमाण्डौ, पोखरा, बिरगञ्ज, लगायतका रात्रि सेवाका बसहरु दाङ आईपुगेको दाङका ट्राफिक प्रहरी प्रमुख थमन जि सीले जानकारी दिनुभयो ।  दूध, तरकारी, फोहर उठाउने गाडी, खानेपानी गाडीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी निर्बाधरुपमा चलिरहेका छन् । 

सडक र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै चोक-चोकमा प्रहरी खटिएका छन् । प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई निगरानी गरिरहेको छ । दाङ उपत्यकामा सडक र गाडीमा अवरोध गर्न खोज्ने जोकोहीलाई पनी  पक्राउ गरीने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डि एस पी मुकुल्द रिजालले बबई खबरलाई जानकारी दिनुभयो ।  

निर्धक्क भएर गाडी र व्यवसाय  चलाउन सरकारको आग्रह

सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ(आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षा दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृहमन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने उहाँले बताउनुभयो ।

यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १००  र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


SHARE THIS