यमनमा हुथी विद्रोहीविरुद्धको अभियानमा अमेरिकाले गर्दै आएको समर्थन रोक्ने

  दाङ, माघ २३ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताउनुभएको छ ।

साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उहाँको भनाइ छ ।

द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडेनले बताउनुभएको बीबीसीले जनाएको छ । तर साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने राष्ट्रपति बाइडेनले बताउनुभएको छ ।


SHARE THIS