काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ७७ जना नेतारकार्यकर्ता पक्राउ

  काठमाण्डौ, माघ २२ । उपत्यकाका विभिन्न ठाउँमा ७७ जना पक्राउ गरेका छन् । 

भक्तपुरमा एक जना  र काठमाण्डौका विभिन्न  ठाउँबाट ७६ जना पक्राउ परेका प्रहरीले  जनाएको छ । पक्राउ परेकामध्ये एक जना रिहा भएका छन् ।

अनुसन्धानपछि उनलाई रिहा गरेको प्रहरीले जनाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण उपत्यकासहित देशका धेरै ठाउँको सुरक्षा व्यवस्था कडा छ ।

काठमाण्डौमा हिजोअस्तिको तुलनामा कम गाडी चलेका छन्  । सरकारले ढुक्क भएर गाडी  र बजार पसल खोल्न  आग्रह  गरेको छ । बन्दको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।


SHARE THIS