ताजा जनादेशमा जानु उपयुक्त : अध्यक्ष थापा

  काठमाण्डौ, फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उपयुक्त हुने बताउनुभएको छ । 

पार्टीले झापाको गौरीगञ्जमा गरेको सभामा अध्यक्ष थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको लागि ताजा जनादेश उपयुक्त हुने बताउनुभयो ।

उहाँले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको समेत बताउनुभएको छ । १४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा  स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको उहाँको भनाइ थियो ।  


SHARE THIS