मकवानपुरको राक्सिसाङ गाउँपालिका १ का वडाध्यक्षलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलायो

  मकवानपुर, फागुन ९ । मकवानपुरको राक्सिराङ गाउँपालिका १ का वडाध्यक्ष कान्छाराम रुम्बाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले मुद्दा चलाएको छ । गाँजा नष्ट गरेर फर्किएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । 

मकवानपुर प्रहरीले शनिबार राति राक्सिराङ गाउँपालिका १ गाल्छाराङको बारीमा लुकाएर राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक ९असई० शिवराज गुरुङको कमाण्डमा इलाका प्रहरी कार्यलय नेवारपानीसहित खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले गाउँपालिका १ गाल्छाराङमा बारीमा लुकाएर राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको हो । 

प्रहरी गाँजा जलाएर फर्कने क्रममा बाटो छेकेको भन्दै त्यही वडाका वडाध्यक्ष कान्छाराम रुम्बालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जनाइएको छ । कुपिनटारको सडकमा स्थानीयको अवरोधपछि प्रहरीको काम कारबाहीमा बाँधा पुर्‍याउनुका साथै प्रहरीमाथि हातपात भएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।  


SHARE THIS