भारतले बाटो खन्दा पहिरो झरेपछि दार्चुलामा महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

  कञ्चनपुर, माघ २० । भारतले बाटो खन्दा झरेको पहिरोले दार्चुलामा महाकली नदी थुनिएको छ । माल्पामा पहिरो खसेपछि जोखिम बढेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । 

विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । पहिरो खसेको ठाउँ दार्चुलाको व्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ ।

पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको छ । नेपाल र भारतका सुरक्षाकर्मीहरू संयुक्तरूपमा पहिरो हटाउन लागिपरेका छन् ।



SHARE THIS