दाङबाट प्युठान जादै गरेको स्कारपियो दुर्घटनामा एकजनाको मृत्‍यु, ३ जना घाइते

 

सांकेतिक तस्विर

दाङ, माघ २३ । दाङबाट प्युठान जादै गरेको स्कारपियो दुर्घटनामा एकजनाको मृत्‍यु, ३ जना घाइते भएका छन । प्यूठानमा भएको स्कोरपियो दुर्घटनाका मृतकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका–७ का अन्दाजी ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो शुक्रबार बिहान प्यूठानको सरुमारानी–६ मोतिपुरमा दुर्घटनामा परेको थियो ।ब्रेक फेल भएका कारण स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूको प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहको छ । स्कोरपियामा जम्मा ११ जना यात्रु सवार थिए । स्कोरपिया सडकबाट ५० मिटर तल खसेको छ ।


SHARE THIS