अनेरा स्ववियू क्रान्तिकारीद्वारा भोली दाङसहति राप्तीमा शैक्षिक संस्था बन्दको घोषणा

 

दाङ, माघ २५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरा स्ववियू) क्रान्तिकारीले सोमबार भोली दाङसहित राप्तीमा शैक्षिक हड्तालको घोषणा गरेको छ । रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रहरीले विद्यार्थीहरुलाई पक्राउ गरेर झुट्टा मुद्दा लगाएको भन्दै यूनियनले सोमबार शैक्षिक हड्ताको घोषणा गरेको हो ।

प्रहरीले यहि माघ १८ गते अखिल क्रान्तिकारी रुकुमपुर्वका अध्यक्ष प्रेम प्रशान्त बोहोरा, कोषाध्यक्ष धन बहादुर वली, र १९ गते संगठन रुकुम पश्चिमका उपाध्यक्ष सोमपाल कामी, सह सचिब प्रकास बिकलाई पक्राउ गरेको थियो । उहाँहरुको रिहाइको माग गर्दै आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन दाङ जिल्ला संयोजक अनिल केसीले विज्ञप्ति जारी गरेर शैक्षिक हड्तालको घोषणा गरेको बताउनुभएको छ ।

यसैबिच भरखरै मात्र बैतडी जिल्लामा कक्षा १२ मा अध्ययनरत १७ बर्षिय छात्रा भागीरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको प्रति श्रदान्जली व्यक्त गर्दै दोषिलाई तत्काल नियन्त्रणमा लिई कडा कर्बाही गर्न र पिडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग माग गर्दछौ अखिल क्रान्तिकारी अनिल केसीद्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राप्ती समिति संगठनले गरेको आम शैक्षिक हड्तालको कार्यक्रममा भोली दाङसहित राप्तीमा सबै शैक्षिकसंस्थाहरु बन्द गर्न सबै विद्यार्थी, अभिभाबक शिक्षकहरुमा अपिल गरिएको छ ।





SHARE THIS