सर्वोच्चको फैसलाले राजनीति थप अस्थिर र जटिल बन्छ : पोखरेल

काठमाडौं, फागुन १२ । उपप्रधानमन्त्री इश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने बताएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सर्वोच्चको कदमलाई माने पनि सम्मान गर्न नसकिने उल्लेख गरेका छन् । 

उनले सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको बताएका छन् । 

उनले भनेका छन्, ‘सरकार सञ्चालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएकोछ । सर्वोच्च अदालतको  फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’ 


SHARE THIS