गरिबको तरकारी बाटोमा फालेर ‘दाहाल-नेपाल’ महान क्रान्तीकारी बन्न खोजे : प्रधानमन्त्री ओली

 

काठमाडौं, माघ २२ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको विकासको बाधक माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

विहीबार काठमाडौँमा अखिल नेपाल किसान संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासमा बाधक माधव नेपाल बनेको आरोप लगाएका हुन।

‘हामीले काम गर्न भनेर आयोग घोषणा गर्न खोज्यौँ । उहाँ उफ्रिहाल्नुहुन्छ’ उनले भने, ‘कृषि र भूमिको क्षेत्रमा सबैभन्दा धेरै समस्या पार्ने नेता उहाँ नै हो ।’

उनले गरिबको तरकारी सडकमा फालेर ‘दाहाल–नेपाल’ महान क्रान्तीकारी बन्न खोजेको आरोप लगाए ।

उनले भने, ‘गरिबले बेच्न राखेको तरकारी सडकमा फालेर प्रचण्ड-माधवहरु महान क्रान्तीकारी बन्न खोज्दै हुनुहुन्छ । दुःख कष्ट गरेर उब्जाएको तरकारी सडकमा फालेर उहाँहरुले आफूलाई महान क्रान्तीकारी देखाउनुभयो ।’

0/प्रतिक्रिया

Previous Post Next Post