काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताएका छन्।
केही दिनअघि सभापति शेरबहादुर देउवाले पोखरामा आयोजित कार्यक्रममा जुलुस गर्न पैसा चाहिने र कांग्रेससँग पैसा नभएको बताएका थिए।
त्यसतर्फ लक्षित गर्दै सुनसरीमा आज पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा पौडेलले भने, ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शनरु यो त त्यसै हुन्छ। पार्टीको संकल्प र निर्णयले हुन्छ, पैसाले गर्ने होइन।’
उनले पार्टी निर्णयबाट आन्दोलन गर्ने हो पनि भनेका छन्। ‘पार्टीले आह्वान गर्ने हो। कार्यकर्ता र जनता जम्मा हुन्छन्। लोकतन्त्रको लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन्। निर्णय र नेतृत्व मात्रै पार्टीले गर्ने हो।’