प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्‍न : सल्लाहकार थापा

काठमाडौँ, फागुन १२ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् । सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छु थापाले लेखेका छन् तत्काल राजीनामा दिनुहुने छैन । त्यस्तै थापाले संसद् पुनस्स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्‍नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छु थापाले लेखेका छन् यसका  दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।

ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको थियो । बदरसँगै विभिन्‍न दलका नेताहरूले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका थिए । 

Prime Minister's Press Advisor
9 hours ago

सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताकाे खेल बढ्नेछ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।


SHARE THIS