६ नाल भरुवा बन्दुकसहित ९ जना पक्राउ

 

दाङ, माघ २३ । बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नौ जना पक्राउ परेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको टोलीले हतियारसहित अवैध जीवजन्तु चोरी सिकार कार्यमा संलग्न भएको आरोपमा नौ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सल्यानका भीमबहादुर खनाल, रत्न थापा मगर, कृष्णबहादुर थापा, सोमबहादुर खत्री, टेकबहादुर कुँवर, कुमार थापा, धनबहादुर थापा, देवप्रसाद थापा र तिलक डाँगी रहेका छन् ।

उनीहरूले गोठ तथा घर नजिकको झाडीमा लुकाएर राखेको ६ नाल भरुवा बन्दुक बरामद भएको र कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।


SHARE THIS