बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने तयारीमा प्रचण्ड-नेपाल पक्ष

काठमाडौं, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्डु-माधवकुमार नेपाल पक्ष पार्टीको बहुमत सदस्यका साथ निर्वाचन आयोग जाने भएको छ। निर्वाचन आयोगले समय दिएमा सबै पार्टी सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुनका लागि नेकपाले आग्रह गरेको छ।

यसका लागि शुक्रबार बिहान १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन पठाइसकिएको नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए। 

सबै केन्द्रीय सदस्यलाई बिहान ११ बजे उपस्थित हुन निर्देशन पठाइसकिएको छ। अध्यक्षद्वयको निर्देशनअुनसार बैठक बोलाइएको हो, उनले भने। ११ बजे सुरु हुने बैठक सकिएपछि निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ। 

आन्दोलनको समीक्षा गर्न र निर्वाचन आयोगले अघि बढाएको निर्वाचनका कार्यक्रमबारे धारणा बनाउन बैठक बोलाइएको उक्त पक्षका एक नेताले जानकारी दिए। 



SHARE THIS