'नारायणहिटी अगाडि कार्यक्रम राख्नुको पनि अर्थ छ। हामीले यहाँबाट गणतन्त्र रक्षा गर्न सक्षम छौँ भनेर सन्देश दिन खोजेका हौँ', उनले भने, 'अहिलेको देशलाई प्रतिगमनतिर धकेल्न खोजिएको। त्यसविरुद्ध नारायणहिटी अगाडि सभा गरेका हौँ।'
बादलले गणतन्त्र रक्षाका लागि र अहिलेसम्मका उपलब्धि बचाउने सन्देश दिने गरी नारायणहिटी अगाडि कार्यक्रम गर्नुपरेको बताए। 'गणतन्त्र बचाउने पक्षमा यो जनसभा भएको हो', उनले भने, 'राजतन्त्र फर्काउन होइन।'