सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेको मानिसको समूहद्वारा आगजनी

  काठमाण्डौ, माघ २२ । काठमाण्डौको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेको मानिसको समूहले आगजनी गरेको छ ।  

काठमाण्डौ महानगरपालिका-२६ मा बिहान साढे ६ बजे प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो  ।

प्रहरीकाअनुसार आगजनीबाट ट्याक्सी जलेर नष्ट भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका समूहले ट्याक्सीमा आगजनी गरेको जानकारी दिनुभयो ।


SHARE THIS