२४ घण्टामा १७१ जनामा कोरोना सङ्क्रमण, एक जनाको ज्यान गयो

  काठमाण्डौ, माघ २० । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा दुई सय ५९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार आठ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा दुई हजार चार सय जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३० पुगेको छ । 

नेपालमा अहिलेसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण भएको छ । 

 


SHARE THIS