जिल्ला स्तरिय खो खो प्रतियोगिता सम्पन्न

तुलसिपुर लाई पुरुष र महिला तर्फ को उपाधी 

लक्ष्मण बस्नेत 

दाङ,  तुलसीपुर फागुन १  । दाङ तुलसिपुर अरनिको मैदानमा संचालित दोस्रो जिल्ला स्तरिय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को उपाधी तुलसिपुरले हात पारेको छ ।

दाङ जिल्ला खो खो संघको आयोजनामा सनिबार सम्पन्न प्रतियोगिताको  पुरुष तर्फ आयोजक तुलसिपुर ए ले सहिद स्मृति आबासिय माध्यामिक बिध्यालय ए लाई फाईनलमा ७ का विरुद्ध १२ अंक स्कोर ले पाखा लगाउदै तुलसिपुर ले उपाधी हात पारेको हो ।

त्यस्तै महिला तर्फ सहिद स्मृति आबासिय बि लाई १० का विरुद्ध २१ अंक स्कोर को फराकिलो अन्तर ले पाखा लगाउदै तुलसिपुर ले उपाधी हात पारेको हो ।


 स्थानिय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको 

प्रतियोगिता को पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको थियो ।बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता मा उत्कृष्ट खेल प्रदर्शन गर्ने पुरुष तर्फ बेस्ट रनर सुवास रावत,बेस्ट चेजर प्रदिप रोका मगर त्यस्तै महिला तर्फ बेस्ट रनर अमृता ओलि र बेस्ट चेजर जानुका चौधरी घोषित भए । 

सो अबसरमा १३ औ साग का पदकधारी खेलाडी र प्रशिक्षक लाई सम्मान गरिएको थियो । जस अन्तरगत दोस्रो स्थान पदकधारी दाङकी खेलाडी सुमित्रा चौधरी, तृतिय स्थानका पदकधारी खेलाडी रुन्देहीका भरत सारु मगर,बर्दिया का गौरव रोकाय, प्रशिक्षक उषा कवर मगर र सहभागी दाङका बेद वलि सम्मानित हुनु भएको खो खो संघ दाङका सचिब दिपेन्द्र भण्डारी ले जानकारी दिनु भएको छ । 

प्रतियोगिता को समापन समारोह दाङ जिल्ला खो खो संघ का कार्यबाहक अध्यक्ष जय बहादुर घर्तिको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डागिको प्रमुख आतिथ्य मा भएको थियो । कार्यक्रमको संचालन सचिव दिपेन्द्र भण्डरी ले गर्नु भएको थियो ।




SHARE THIS