कोरोनाको नक्कली खोप बनाएको आरोपमा चीनमा ८० भन्दा धेरै पक्राउ

दाङ, माघ २० । चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ ।

स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ ।  

न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खोपमा पहिले नै भरिएको सिरिन्ज समावेश गरिएको र उच्च मूल्यमा बेचिँदै आएको अधिकारीहरूले बताएका छन् ।  

चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी दुई कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।   


SHARE THIS