थप ५७ जनामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या शून्य

  काठमाण्डौ, फागुन १ । पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण दुई हजार ५४ जनाले ज्यान गुमाएका छन् भने अहिले एक हजार ६ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

 

0/प्रतिक्रिया

Previous Post Next Post