महिला लिगमा गाेलकाे वर्षा : एपीएफले चाैदण्डीगढीलाई २२–० ले हरायाे, सावित्रा एक्लैले १२ गोल गरिन्

 

काठमाडाैं, माघ १९ । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले उदयपुरको चौदण्डीगढीलाई फराकिलो अन्तरले हराएको छ । 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा साविक विजेता एपीएफले चौदण्डीगढी नगरपालिकालाई २२–० ले हराएको हो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले पाँच, उपकप्तान अनिता बस्नेतले तीन गोल तथा रेनुका नगरकोटी र सरु लिम्बुले एक/एक गोल गरे । 

जितसँगै एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । चौदण्डीगढीको यो लगातार छैटौं हार हो । अङ्कविहीन चौदण्डीगढी पुछारमा रहेको छ । 


SHARE THIS