दंगीशरणमा स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण

दंगीशरण, माघ २१। जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुका लागि स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज बुधबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य विमा किन आवश्यक छ भन्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जानकारी गराईएको थियो ।

यस्तै आधारभुत स्वास्थ्य सेवा राज्यले वेहोर्नुको साथै स्वास्थ्य विमा ७७ वटै जिल्लामा शुरु नभएको यो बर्ष देखि लागु गर्ने योजना रहेको समेत कार्यक्रममा जानकारी गराउनुभएको थियो । समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले हेरक नागरीकहरुले स्वास्थ्य सेवा बनाउन आवश्यक रहेको भन्दै स्वास्थ्य शाखाले दंगीशरणका नागरीहरुलाई यस बिषयमा जानकारी दिनका लागि छलफल गर्नुपर्ने बताउँनु भयो ।स्वास्थ्य बिमा प्रदेश संयोजक मनोज पौडेलले नेपालमा स्वास्थ्य विमाको सन्दर्भमा भएका प्रयासहरु, स्वास्थ्य विमाको विषेशताहरु, स्वास्थ्य विमाको महत्व र फाईदाहरु,स्वास्थ्य विमा कार्यक्रमको क्षेत्र , स्वास्थ्य विमा समबन्धमा नितिगत ब्यवस्था,स्वास्थय विमा दर्ता प्रक्रिया, स्वास्थय विमा प्रवद्र्धनमा सरोकारवालाको भूमिका, स्थानीय तहमा स्वास्थय सुरक्षा संयोजक समितीको संरचना लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

हरेक नागरीकहरु आफनो स्वास्थ्य प्रति गम्भीर भई यस विषयमा जानकारी लिन आवश्यक रहेको उहाँले बताउँनुभयो । “यो भविष्यमा आईपर्ने समस्यालाई केहि मात्रामा सहयोग गर्छ त्यसैले स्वास्थ्य विमा हरेक मानीसको स्वास्थ्य संग जोडिन आवश्यक छ ।” –अध्यक्ष चौधरीले भन्नुभयो ।

स्वास्थ्य विमा बोर्ड टेकु काठ्माण्डौँको आयोजना तथा स्वास्थ्य कार्यालय दाङको समन्वयमा भएको कार्यक्रममा दंगीशरण गाउापालिकाका उपाध्यक्ष पिमा कुमारी खड्का, लेखा प्रमुख सोमराज डांगी, स्वास्थ्य कार्यालय दाङका प्रतिनिधि उज्वल पौडेल, स्वास्थ्य शाखा प्रमखहरु, जनप्रतिनिधिहरु,विभीन्न शाखाका प्रमुखहरुको, सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शहजीकरण स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले गर्नुभएको थियो । यसैबिच , कोभिड १९ लगाएत विभीन्न माहामारीजन्य रोगहरुको रोकथाम नियण्त्रण तथा निगरानीका लागि सरोकारवालासंगको अन्र्तक्रिया कार्यक्रम आज समपन्न भएको छ ।

कार्यक्रममा श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रका डा विष्णा घर्तीले कोभिड १९ भनेको के हो ?,यसका लक्षणहरु, यसको रोकथाम तथा नियण्त्रण लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

गाउँपालिका स्वास्थय शाखाको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष भागिराम चौधरीले कोभिड १९ फैलीएको समयममा गाउँपालिकाले ब्यापक रुपमा प्रचार प्रसार र ब्यवस्थापन गरेको भन्दै यस विषयमा कुनै पनि घटना घट्न नपाएको बताउँनुभयो । नागरीकहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिएर पालिकाले कुनै तरीका बाट सावधानी अपनाएकाले स्वास्थ्यको क्षेत्रमा कुनै गुनासो सुन्न नपारेको बताउँनु भयो ।

यसका लागि अझै पनि स्वास्थ्यकर्मीहरु लगनशिल भएर स्वास्थ्य सेवा दिन आग्रह समेत गर्नुभयो । स्वास्थय शाखा प्रमुख दशरथ गिरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


SHARE THIS