सेनाले भोलि पनि बख्तरबन्द गाडीसहित सडकमा अभ्यास गर्ने

  काठमाण्डौ, माघ २० । नेपाली सेनाले बख्तरबन्द गाडीसहित सोमबार राति सडकमा प्रदर्शन गरेको छ ।

काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको हो । 

बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई महत्त्वपूर्ण र आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले नियमित अभ्यास नै  भनेको छ । बख्तरबन्द गाडीसहित प्रदर्शन गर्नु अगाडि नै सेनाले यसबारे जानकारी दिएको थियो । 

यो पनि पढ्नुहोस् ।

नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने

गएको आइतवार सेनाले ट्वीटमार्फत नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार सोमवार राति बख्तरबन्द गाडीहरुले काठमाण्डौ चक्रपथको चक्कर लगाउने जनाएको थियो । यस्तै, सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट भोलि बुधवार बिहानै देशका विभिन्न ठाउँमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने जनाएको छ । 


SHARE THIS