नागरिकलाई पर्न गएको असरप्रति माफी माग्छौँ : प्रचण्ड

 

दाङ, माघ २३ । हिजो आमहड्ताल गरेको नेकपाको प्रचण्ड नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रचण्डनेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गर्नुभयो । उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा हिजो आमहड्ताल गरेको बताउनुभयो ।

प्रचण्डले आमहड्ताल गर्नु आफ्नो र आफ्नो पार्टीको नीति र नियम नभएको पनि दाबी गर्नु भएको छ ।


SHARE THIS