हिरासत मृत्यु प्रकरण : ४८ घण्टासम्म पनि वलीको शब उठाउन परिवारद्वारा अस्विकार

 

दाङ, ११ फागुन। इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा मृत्यु भएका रोल्पाका एक व्यक्तिको शब अझै परिवारले बुझेको छैन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वलीको मृत्यु भएको ४८ घण्टा बितिसक्दा समेत परिवारले शब बुझ्न मानेको छैन् ।

मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो । आइतबार बिहान २ बजेतिर बिरामी परेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका उनको सोहि दिन बिहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।

उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । आफन्तले भने उनको मृत्युको सत्यतत्य नखुल्दासम्म शव नबुझ्ने अडान राखेका छन् । अस्पताललाई शबको पोष्टमार्टमका लागि परिपत्र गरिसकेको तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले बताउनुभयो ।


0/प्रतिक्रिया

Previous Post Next Post